
भारतीय सेनाको कारवाहीमा परेर जम्मू कश्मीरको कुलगाममा ४ आतंककारीको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले गोप्य सूचनाका आधारमा कारवाही गरेका थिए । सेनाले चारैतिरबाट आतंककारी रहेको क्षेत्रलाई घेरेर कारवाही गरेको जनाइएको छ ।
आतंककारीमाथि कारवाही भएको क्षेत्रमा आवतजावत बन्द गरिएको छ । सेनाले घेरा हाले पनि आतंककारीसँगको भिडन्त जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।