२८ जेठ २०८३, बिहीबार

किसानलाई क्षतिपूर्ति दिन स्थानीय तह र प्रदेशसँग समन्वय भइरहेको छ : मन्त्री यादव

किसानलाई क्षतिपूर्ति दिन स्थानीय तह र प्रदेशसँग समन्वय भइरहेको छ : मन्त्री यादव

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले उत्पादनको मूल्य किसान आफैंले निर्धारण गर्न पाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १७औं राष्ट्रिय कफी दिवसका अवसरमा बुधवार आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले कृषकले वस्तुको गुणस्तर र लागतका आधारमा मूल्य तोकेमा कृषि क्षेत्रमा विचौलियाको भूमिका गौण बन्ने बताए ।

उनले कफी उत्पादनमा राम्रो सम्भावना रहेकाले कृषकलाई त्यसतर्फ आकर्षित गर्न सरकारले ठूला साना व्यवसायीलाई समान रूपमा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कृषकका क्षति भएका बालीमा क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय तह, प्रदेश र सरोकारवाला पक्षसँग समन्वय भइरहेको बताउँदै उनले कृषि बालीमा सुरक्षाको लागि बीमा गर्न आवश्यक रहेको भए पनि त्यस क्षेत्रमा बीमा कम्पनी पछि हटेकाले गाउँपालिकाबाट नै समन्वय गर्न खाँचो रहेको बताए ।

कफी व्यवसायमा संलग्न विभिन्न संघसंस्थाका प्रतिनिधिले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले कृषकलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्