३१ असार २०८३, बुधबार

कुलमानलाई प्रचण्डको आग्रह, ‘सुदूरपश्चिममा लोडसेडिङ रहेछ हटाउनु पर्यो’

कात्तिक २०, २०७४
कुलमानलाई प्रचण्डको आग्रह, ‘सुदूरपश्चिममा लोडसेडिङ रहेछ हटाउनु पर्यो’

काठमाडौं, १० असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ नम्बर प्रदेश (सुदूरपश्चिम)का जिल्लाहरुमा पनि तत्काल लोडसेडिङ अन्त्य गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन् ।

चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका प्रचण्डले त्यहाँ लोडसेडिङको समस्या देखेपछि काठमाडौं फर्किएलगत्तै शनिबार घिसिङलाई भेटेर यस्तो आग्रह गरेका हुन् । प्रचण्ड प्रधानमन्त्री छँदा काठमाडौंसहित देशका अधिकांश भू(भाग लोडसेडिङमुक्त भएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्न ७ नम्बर प्रदेश पुगेका प्रचण्डलाई त्यहाँका जनताले लोडसेडिङबारे गुनासो गरेका थिए । जनताको गुनासो सुनेपछि प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्किएलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गरेका थिए ।

शनिबार बिहान धनगढीबाट काठमाडौं आएका अध्यक्ष प्रचण्डले घिसिङलाई तत्काल लाजिम्पाट बोलाएर त्यस्तो आग्रह गरेका हुन् ।

भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन लाइन र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्