२४ जेठ २०८३, आइतबार

अक्षय र कैटरिनाको सूर्यवंशीले कति कमायो अहिलेसम्म ?

मंसिर २, २०७८
अक्षय र कैटरिनाको सूर्यवंशीले कति कमायो अहिलेसम्म ?

बलिउड अभिनेता अक्षय कुमार र कैटरिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’ अहिले चर्चामा छ । 

चलचित्रले हलमा आएको केही दिनमै अत्याधिक कमाई गर्न सफल भएको छ । 

सूर्यवंशीले बक्सअफिसमा २०० करोड भारतीय रुपैयाँ कमाउन अगाडि बढिरहेको निर्माता पक्षले बताएका छन् । 

यस चलचित्रले हलमा आएको पहिलो हप्तामा नै १२० करोड रुपैयाँ कमाएको थियो । 

यस्तै दोस्रो हप्तामा चलचित्रले ६ दिनमा फिल्मले ४२.५० करोड भारतीय रुपैयाँ कमाएको छ । 

चलचित्रले १ सय ६० करोड रुपैयाँको आँकडा पार गरिसकेको छ । यस हप्ता रानी मुखर्जी र सैफ अली खानको चलचित्र ‘बन्टी और बबली २’ सिनेमाघरमा रिलिज हुँदैछ । यसले केही कमाई घटाउन सक्नेट । 

यद्यपी सूर्यवंशीले २ सय करोड भारतीय रुपैयाँ कमाई गर्नेतर्फ लम्किएको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्