०४ साउन २०८३, सोमबार

नबिल बैंकले सञ्चालनमा ल्यायो प्रिमियम रेमिट्यान्स बचत खाता

नबिल बैंकले सञ्चालनमा ल्यायो प्रिमियम रेमिट्यान्स बचत खाता

नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट संचालन ल्याएको छ । 

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । 

ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस खातामा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्येको उच्च व्याजदर प्रदान गर्नेछ ।  

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । 

 

कमेन्ट गर्नुहोस्