२९ जेठ २०८३, शुक्रबार

उर्लाबारीमा कड्किए ओली, भन्छन् : स्यालको बथान धेरै भएपनि हात्तिसँग प्रतिस्पर्धा गर्न सक्दैन

कात्तिक २०, २०७४
उर्लाबारीमा कड्किए ओली, भन्छन् : स्यालको बथान धेरै भएपनि हात्तिसँग प्रतिस्पर्धा गर्न सक्दैन
उर्लाबारी(मोरङ) १० असार – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस माओवादी केन्द्रलगायतले मोर्चाबन्दी गरेर एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने ठोकुवा गरेका छन् ।

देशको बिकाश र स्वाभिमान रोक्न कांग्रेसले अस्तित्व रक्षामा पुगिसकेका पार्टीहरुसँग मोर्चावन्दी गरेको भन्दै ओलीले कसै गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने ठोकुवा गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कांग्रेसले बनाएको गठबन्धनलाई हात्ती बिरुद्ध स्यालहरुको बथानको संज्ञा दिए ।

‘तपाईहरुलाई थाहै छ, कांग्रेस र माओवादी केन्द्र एमालेबिरुद्ध मोर्चा कसेर आएका छन्, तर एमालेसँग प्रतिस्पर्धा गर्न भने संभव छैन । अव जत्तिसुकै स्यालहरुको बथान भएपनि हात्तिको सिकार गर्न सक्दैन, सिकार त के, हात्तिको छेउमा आउन पनि सक्दैन, पर–परबाट कराउने मात्रै हो,’ शनिवार उर्लाबारी नगरपालिकाको चुनावी सभामा बोल्दै ओलीले भने ।

उनले देशको बिकास र संमृद्धिका लागि एमाले भन्दा अर्काे बिकल्प नभएकोमा कुनै भ्रम नपाल्नसमेत अपिल गरे । पछिल्लो समय नेपाली कांग्रेसका मुल नेतृत्वलाई राष्ट्रियता र संमृद्धिको कुरा रिस उठने गरेको भन्दै ओलीले कोही रिसाउँछ भनेर देश र जनताको हितको रक्षार्थ पछि हटन नसकिने उदघोष गरे ।

‘एमालेले राष्ट्रिय झण्डा किन उठायो भन्दै कांग्रेस नेताहरु कराउँछन्, तर राष्ट्रिय झण्डा जलाउँदा तालि बजाउँछन्, आनन्द मान्छन्,’ ओलीले भने, ‘कांग्रेसलाई जतिसुकै रिस उठेपनि हामी राष्ट्रिय झण्डा बुलन्द गरिरहन्छौं, स्वाभिमान झुक्न दिँदैनौं ।’ उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी झुट र भ्रमको साहरा लिएर जनता माझ आएको भन्दै सतर्क रहन पनि ओलीले अपिल गरे ।

‘कुनै भ्रममा नपर्नाेस, कांग्रेस र माओवादी पार्टी देश बनाउनका लागि आएको हुँदै होइन, बिगार्नका लागि मात्रै जन्मिएका हुन । उनीहरुले मुलुक बनाउँछन भन्ने भ्रमजालमा अव कोही रहनु हुन्न,’ ओलीले भने, उनीहरुले देश बनाउने काम गरेको एउटा पनि उदाहरण छैन, जनताको हित गरेको एउटा पनि उदाहरण छैन । त्यसैले उनीहरु एमालेले जनताको हितमा, देशको हितमा काम गर्ने भयो भनेर रोक्नका लागि मोर्चावन्दी कसेका हुन, तपाईहरु कोही पनि भ्रममा नपरी सूर्यमा मतदान गर्नाेस, हामी बिकास, संमृद्धि र स्वाभिमान दिनेछौं ।’

अोलीले देश बनाउने कुरा गर्दा बहुलायो भन्ने कांग्रेस र माओवादी अनि सांसद र मन्त्री बन्नका लागि पार्टी खोलेका केही मधेसी नेताको अफवाहको पछि लागे मुलुक बर्वाद हुने तथ्यसमेत राखे ।

‘देश बनाउने कुरा गर्दा, राष्ट्रिय स्वाभिमानको कुरा गर्दा खोक्रो राष्ट्रवाद भन्ने, उत्तर–दक्षिण बाटो चौडा बनाउने कुरा, हुलाकी राजमार्ग बनाउने कुरा गर्दा, नाकावन्दी नहुने कुरा गर्दा मजाक गर्नेहरुले तपाईको स्थानीय तह र देश बनाउँदैनन, उनीहरुको लक्ष परजीवी बनाउने नै हो,’ ओलीको भनाई थियो ।

एमाले अध्यक्ष ओलीले उर्लाबारीमा एमाले उम्मेदवार भुपालसिं जिमी र उपमेयर लक्ष्मी भण्डारी नेतृत्वको टीमलाई बिजयी बनाएर बिकासका लागि अग्रसर हुन अपिल पनि गरे ।

ओलीले समयले साथ दिएसम्म बिजय जुलुसमा सहभागी हुन आउने भन्दै मतदाताको मनोवलसमेत बढाए । ‘यति धेरै मतदाता यही भएपछि उर्लाबारीमा एमाले उम्मेदवारले जितिसके, १४ गते मत हालेर नतिजा नआउँदासम्म तपाई सवै सतर्कताका साथ बिजय जुलुसका लागि पर्खनोस्, भ्याएँ भने तपाइहरुको बिजय उत्सवमा म पनि आउँछु,’ ओलीले भने ।

दोस्रो चरणमा हुन लागेको ३ सय ३४ स्थानमध्ये धेरै ठाउँमा कांग्रेस र माओवादीले अध्यक्षको उम्मेदवार नै नपाएको ओलीले दाबी गरे । ‘३३४ स्थानमध्ये माओवादीले धेरै ठाउँमा प्रमुखको उम्मेदवार पाएन, कांग्रेसले १० ठाउँमा उम्मेदवार नै पाएन, एमालेले मात्रै सवै ठाउमा उम्मेदवार उठाएको छ,’ उनले भने ।

ओलीले १४ गते हुने दोस्रो चरणको निर्वाचनमा पहिलो चरण भन्दा निकै बढी जित हाँसिल गर्ने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्