२४ असार २०८३, बुधबार

प्रधानमन्त्रीले सर्वाेच्चको समस्या समाधानका लागि पहल गर्नुपर्छ : माधव नेपाल

प्रधानमन्त्रीले सर्वाेच्चको समस्या समाधानका लागि पहल गर्नुपर्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको बिहीवार शुभारम्भ गर्दै उनले सर्वाेच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकाले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।’

अध्यक्ष नेपालले ५ दलीय गठबन्धनको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको र नेकपा एमालेबाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्