२८ जेठ २०८३, बिहीबार

करण जोहरले याक्सन फिल्म योद्धा बनाउने, टीजर भयो सार्वजनिक (भिडियो)

मंसिर २, २०७८
करण जोहरले याक्सन फिल्म योद्धा बनाउने, टीजर भयो सार्वजनिक (भिडियो)

करण जोहरको धर्मा प्रोडक्सनले याक्सन फिल्म योद्धा बनाउने घोषणा गरेको छ । 

बिहीवार फिल्मका मुख्य कलाकार र कथाको झलक सहितको टीजर सार्वजनिक गरिएको छ । 

सिद्धार्थ मल्होत्रा फिल्मका नायक छन् । निर्देशन सागर आम्ब्रे र पुष्कर ओझाले गर्नेछन् । 

योद्धाको फर्स्ट लूक मोसन पिक्चरमा एउटा विमान आगो लागेको अनि तलतिर खस्दै गरेको देखिन्छ । विमानभित्र अँध्यारोमा सिद्धार्थ हतियार बोकेको मर्सिनरीको शैलीमा देखिएका छन् । भोइसओभर मे डे मे डे हाइज्याक सुनिन्छ । 

विमान अपहरणका विषयमा फिल्म बनेको हो । 

योद्धालाई सन् २०२२ को नोभेम्बर ११ मा रिलीज गरिनेछ । 

छिट्टै फिमेल लीडको घोषणा गर्ने करण जोहरले जानकारी दिए । राशि खन्ना र दिशा पाटनीलाई प्रमुख भूमिका दिइने हल्ला छ । 

धर्मा प्रोडक्सनले बनाएको सिद्धार्थ मल्होत्राको अघिल्लो फिल्म शेरशाह सफल थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्