![शाखा अधिकृतको विज्ञापन खोल्न विवरण संकलन गर्दै मन्त्रालय [पत्रसहित]](https://lktcdn2.prixacdn.net/media/Sanghiya_Mamila_Tatha_Samanya_Prashasan_Mantralaya_j9hUd2b5Qq.jpg)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ र परराष्ट्र मन्त्रालयतर्फ रिक्त रहेका राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को विवरण संकलन गर्न थालेको छ ।
लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार २०७८/७९ मा पदपूर्तिका लागि विवरण संकलन गर्न लागिएको जनाइएको छ ।
मन्त्रालयले विवरण संकलनका लागि अर्थ र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
