१२ असार २०८३, शुक्रबार

कपिलवस्तुको चन्द्रौटामा चुनावी नारा : आधा रोटी ‘खायगें’,हमार उम्मेदवार ‘जितायगें’

कात्तिक २०, २०७४
कपिलवस्तुको चन्द्रौटामा चुनावी नारा : आधा रोटी ‘खायगें’,हमार उम्मेदवार ‘जितायगें’

कपिलवस्तु, १० असार– प्रदेश नम्बर ५ अन्तर्गत कपिलवस्तु जिल्लामा चुनावी रन्कोले खेतीपातीको मौसमलाई ओझेलमा पारेको छ । खेतमा व्यस्त हुनुपर्ने बाध्यताकाबीच मतदाता र उम्मेदवारलाई २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावले आकर्षित गरेको छ ।

१० वटा स्थानीय तह रहेको कपिलवस्तुमा ६ वटा नगरपालिका र चार गाउँपालिका रहेका छन् । सवै स्थानीय तहका उम्मेदवार आफ्नो जीतलाई निश्चित गर्न चुनावी मैदान उत्रिएका छन् । आफ्नो क्षेत्रको विकासको योजना सुनाउँदै भोट माग्न उनीहरु व्यस्त बनेका छन् ।

मुख्य चोक र बजार विभिन्न पार्टीका झण्डा, उम्मेदवारका तुल र व्यानरले झकिझकाउ भएको छ ।
शनिबार शिवराज नगरपालिका क्षेत्रमा यस्तै चुनावी गतिविधि देखियो । जहाँ उम्मेदवारहरु केही समर्थक लिएर घर दैलो अभियानमा व्यस्त बनेका थिए ।

शिवराज नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रेमबहादुर रायमाझी प्रमुखका उम्मेदवार बनेका छन् भने नेकपा एमालेका तर्फबाट नेत्रराज अधिकारी, माओवादी केन्द्रका तर्फबाट प्रकाश पौडेल उम्मेदवार रहेका छन् ।

त्यस्तै संघीय समाजवादी कृष्णकुमार चौधरी मेयरको उम्मेदवार रहेका छन् । राप्रका तर्फबाट अजय थापाले मेयर पदमा उम्मेदवारी दिएका छन् । उनी यस नगरपालिकाका सबैभन्दा कान्छा मेयरका उम्मेदवार हुन् ।

२९ वर्षीय थापा शनिबार दिउँसो चन्द्रौटा आसपाका करिब सय जना समर्थकलाई लिएर घर दैलोमा व्यस्त भेटिए । उनीहरुले घर दैलो गर्दै भोट माग्दा मानिसहरु उनीहरुको नारा सुनेर मुस्कुराएका थिए ।

उनका समर्थकले ‘आधा रोटि खाइंगे ममरा उम्मेदवार जिताइंगे’ भन्दै नारा लगाउँदै घर दैलो गर्दा मतदाता थापालाई अभिवादन फर्काउन व्यस्त भए । थापाले युवा भएको र आफूसँग शिवराज नगरपालिकाको विकासको खाका भएका कारण जित सुनिश्चित भएको बताउँछन् । ‘मेरो जित सुनिश्चित छ’उनले भने,‘यस क्षेत्रको विकासमा लागि मसँग जति योजना विपक्षीसँग छैन ।’

शिवराज नगरपालिकामा नेपाली कांग्रेस भने समस्यामा परेको छ । प्रेमबहादुर रायमाझीलाई कांग्रेसले उम्मेदवार बनाएको भन्दै कांग्रेसका एक नेताले बागी उम्मेदवारी दिएका छन् ।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका जम्शेर अली मियाले वागी उम्मेदवारी दिएका हुन् । उनले आफ्नो जीत निश्चित भएको दाबी गरे । ‘राजमार्ग दाया र वायाँका क्षेत्रमा मुस्लिम र मधेसी मतदाता बढी छन्, मेरो जित निश्चित छ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्