०४ असार २०८३, बिहीबार

आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले न्यायालय सुधारको माग राख्दै आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा बिहीवार जारी प्रेस विज्ञप्तिमा नेपाल प्रहरीको लाठी प्रहारबाट नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ता प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएकोप्रति ध्यानाकर्षण जनाउँदै कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरिएको छ ।
     
‘कानून व्यवसायीबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनविपरीतको कार्य भएकाले शान्तिपूर्ण आन्दोनमा रहेका कानून व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्नू,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘घाइतेको निःशुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषी देखिएकालाई कानूनी कारवाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’  
    
आयोगले बारको नेतृत्वमा भइरहेको कानून व्यवसायीको आन्दोलन निरन्तर अनुगमन गरिरहको र बिहीवार आयोगको टोली सर्वोच्च अदालत पुगी घटनाको स्थलगत अनुगमन गर्नुका साथै अन्नपूर्ण न्यूरो अस्पताल पुगी घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएको छ ।

प्रहरीको लाठी प्रहारबाट नेपाल बारका सदस्य महर्जनको देबे्र काँध, कोखा र छातीमा चोट लागेको र खुट्टामा चोट लागेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्