×

NMB BANK
NIC ASIA

प्रदेश २ सरकारः मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

मंसिर ३, २०७८

NTC
Premier Steels

साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ ।

Muktinath Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । अख्तियारले गरेको प्रथम चरणको अनुसन्धानअनुसार भ्रष्टाचार ठहर भइसकेकाले पदमा बसेर मुद्दा प्रभावित बनाउन सकिने भएकाले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने सोनलले बताए ।


Advertisment
Nabil box
Kumari

‘मुख्यमन्त्रीले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार भएको ठहर भइसकेको छ । अब चार सिट तयार गरी मुद्दा हालिँदै छ । यस्तो अवस्थामा मुख्यमन्त्रीले तुरुन्त राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्छ,’ सोनलले भने ।

Vianet communication

लोसपा कार्यकारिणी समितिका सदस्यसमेत रहेका सोनलले अख्तियारले निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए । मुख्यमन्त्री राउत नेतृत्वको प्रदेश २ सरकारमा यसअघि सोनल भौतिक पूर्वाधार मन्त्री थिए ।

प्रतिपक्षी दल नेकपा (एमाले) प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले भ्रष्टाचारमा प्रदेश २ अघि रहेको बताए । एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डलले प्रदेश २ सरकारको हरेक कार्यालयमा भ्रष्टाचार तीव्र रूपमा भइरहेको बताए । भ्रष्टाचार गरेको आरोप लागेका मुख्यमन्त्री राउतले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने उनले बताए ।

‘साइकल वितरण कार्यक्रममा मात्रै नभई प्रदेश २ सरकारको हरेक कार्यालयका साथै स्थानीय तहमा समेत भ्रष्टाचार खुलमखुला भइरहेको छ । मुख्यमन्त्रीले राजीनामा गरेर अनुसन्धानमा सहयोग गर्नु नै राम्रो हुन्छ,’ मण्डलले भने ।

अहिले प्रदेश २ सरकारका हरेक मन्त्रालयका साथै स्थानीय तहका सरकारहरूमा भ्रष्टाचार खुलमखुला भइरहेको अख्तियारको रिपोर्टले पुष्टि गरेको उनले बताए । सुशासन कायम गर्न अख्तियारले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको मण्डलले बताए ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले मुख्यमन्त्री लालबाबुसँग अलिकति पनि नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्ने बताए । प्रदेश २ सरकार भ्रष्ट रहेको प्रमाणित भइसकेको बताउँदै उनले अख्तियारले अन्य कार्यक्रमको समेत छानबिन गरी भ्रष्टहरूलाई खोजीखोजी कानुनअनुसार कारबाही गर्नुपर्ने उनले बताए ।

‘मुख्यमन्त्रीसँग अलिकति पनि नैतिकता छ भने तुरुन्त राजीनामा दिनुपर्छ । जनताको काम नगर्ने केवल कमिसनमा केन्द्रित रहेको कुरा सबैलाई थाहा नै छ । यस्ता कमिसनखोरलाई कारबाही गर्नबाट अख्तियार पछाडि हट्नुहुन्न,’ महासचिव सिंहले भने ।

जनमत पार्टीले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको बताउँदै उनले पदमा बसेर मुद्दा प्रभावित बनाउन नमिल्ने बताए । अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाएकाले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने सिंहले बताए ।

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका सदस्य एवं प्रदेश २ का सांसद रामनरेश राय यादवले राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । साइकल वितरण कार्यक्रमका साथै अन्य कार्यक्रममा भएको भ्रष्टाचारविरुद्ध गर्दा आफू मन्त्री पदबाट बर्खास्तीमा समेत परेको बताउँदै उनले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताए ।

‘मैले पार्टी तथा संसदीय दलको बैठकमा पहिलेदेखि नै सरकारमा सहभागीलाई फिर्ता बोलाउनुपर्ने सुझाव दिँदै आएको छु । अब हुने बैठकमा समेत यो कुरा उठाउँछु । यस्ता भ्रष्ट व्यक्तिका कारण पार्टीको छविसमेत बिग्रिरहेकाले राजीनामा दिनु राम्रो हुन्छ,’ यादवले भने ।

साइकल वितरण कार्यक्रम’bout कुरा गर्दा मुख्यमन्त्री राउतले यस विषयमा कुनै प्रकारको कुरा गर्न नचाहेको बताए । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x