१० असार २०८३, बुधबार

किसानसामु झुके मोदी, कृषि कानून फिर्ता लिने घोषणा

मंसिर ३, २०७८
किसानसामु झुके मोदी, कृषि कानून फिर्ता लिने घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा लागू गरिएको तीन नयाँ कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । 

शुक्रवार देशलाई सम्बोधन गर्दै उनले आफ्नो तपस्यामा कमी भएको हुन सक्ने बताए । नोभेम्बर महिनाको अन्त्यमा आरम्भ हुन लागेको संसद् सत्रमा तीनैवटा कृषि कानून फिर्ता लिने संवैधानिक प्रक्रिया शुरू गर्ने मोदीले बताए । 

आफूहरूले कृषकको हितकै लागि काम गरेको मोदीको भनाइ छ । सबैजनाका लागि मेहनतमा कुनै कमी नरहेको र किसानहरूको सपना साकार पार्नका लागि थप मेहनत गर्ने उनले बताए । किसानहरूलाई घर फर्किन र खेतमा काम गर्न उनले अनुरोध गरे । 

कृषि कानूनविरुद्ध लगातार एक वर्षदेखि किसानहरूले आन्दोलन चलाउँदै आएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्