३० जेठ २०८३, शनिबार

भूतमेला हेर्न जाँदा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

मंसिर ३, २०७८
भूतमेला हेर्न जाँदा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा धनुषामा दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा अनटेष्ट ट्रयाक्टर पल्टिएको हो । सो दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्रयाक्टर ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो । 

उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । 

उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्