११ असार २०८३, बिहीबार

अस्वाभाविक हिँडाइले फेला पर्‍यो फुत्किसकेको २ किलो सुन, अन्डरवेरमा लुकाएको देख्दा प्रहरी चकित

अस्वाभाविक हिँडाइले फेला पर्‍यो फुत्किसकेको २ किलो सुन, अन्डरवेरमा लुकाएको देख्दा प्रहरी चकित

त्रिभुवन विमानस्थलबाट दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रवार दुबईबाट नेपाल आएका दाङका सीताराम चौधरी र सिराहाका सरोज सहानीलाई प्रहरीले विमानस्थलबाट बाहिर निस्कँदै गर्दा पक्राउ गरेको हो । 

विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले ती यात्रुहरूले भित्री वस्त्र (अण्डरवेर)मा तरल पदार्थ बनाएर लुकाएर सुन ल्याएका थिए । ‘विमानस्थलको एक्जिट गेटबाहिर निस्कने क्रममा शरीरको पछाडिको भाग अस्वाभाविक उठेको र हिँडाइ पनि सामान्य देखिएपछि जाँच गर्दा लिक्विडमा सुन भेटियो,’ उनले लोकान्तरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्