भैरहवा, ११ असार- सडकमा गाडीको लाम व्यवस्थित गर्ने नाममा सुनौली नजिकको कोतवाली थानाका भारतीय प्रहरीले नेपालतर्फ आएका मालबाहक गाडीबाट अवैध असुली गर्ने गरेका छन् ।
भारतको दिल्ली, राजस्थान, पन्जाब, गुजरात, महाराष्ट्रलगायतका स्थानबाट नेपालका लागि औद्योगिक र व्यापारिक सामान लिएर आएका गाडीबाट पैसा असुल्ने गरिएको हो । मागअनुरूप नगद नदिने गाडीलाई थानाअगाडिबाट बढ्न रोक लगाइरहेको पाइएको छ । यसले नेपालका लागि सामान लिएर आएका दर्जनौं भारतीय मालबाहक गाडी सातासम्म भारतीय मार्गमा अलपत्र रोकिने गरेका छन् ।
भारतीय प्रहरीको यो व्यवहारले नेपालको भन्सार राजस्व प्रभावित हुनुको साथै समयमै आयातित वस्तु ढुवानी हुन नसक्दा नेपाली आयातकर्ता र व्यवसायी समस्यामा परेका छन् । अवैध असुलीले ढुवानी भाडा दर र गाडी मजदुरको खर्च बढ्ने हु“दा नेपालमा आयातित समानको लागत बढेर मूल्य वृद्धि हुन सक्छ , कान्तिपुरमा खबर छ ।