०५ साउन २०८३, मंगलबार

सिटी एक्सप्रेसले घोषणा गर्‍यो ५ जना लखपति बिजेताहरूको नाम

सिटी एक्सप्रेसले घोषणा गर्‍यो ५ जना लखपति बिजेताहरूको नाम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ ।

सोही योजना अन्तर्गत  ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटेन्स पठाउने खगेन्द्र बुढाथोकी , मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ , कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटेन्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका छन् ।  

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान चाड २०७८ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई  रु १०,००० उपहार प्रदान गरेको छ साथै हरेक महिना ५ जनालाई रु १ – १ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सफल भएका छन्  ।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि  कार्तिक ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्