१८ असार २०८३, बिहीबार

प्रियंका र निकको ‘तलाक’ चर्चाबारे आमा मधुको यस्तो बयान

मंसिर ७, २०७८
प्रियंका र निकको ‘तलाक’ चर्चाबारे आमा मधुको यस्तो बयान

बलिउड र हलिउडको चर्चित जोडी प्रियंका चोपडा र निक जोनसको ‘तलाक’ हुने चर्चाबीच प्रियंकाकी आमा मधु चोपडाले बयान जारी गरेकी छन् ।

भारतीय सञ्चारमाध्यममा न्युज१८ मार्फत जारी बयानमा मधुले तलाकको हल्ला बकवास र गलत भएको बताएकी छन् ।

मधुले यस किसिमका गलत हल्ला नफैलाउन आग्रह समेत गरेकी छन् । आमा मधुले नै हल्ला गलत भएको बताएपछि समर्थकले खुशी व्यक्त गरेका छन् ।

आमाले बयान दिएपनि समर्थकहरू प्रियंका र निकको प्रतिक्रियाको अपेक्षा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्