०२ साउन २०८३, शनिबार

एमालेको स्थायी कमिटी बैठक स्थगित, फेरि आजै बस्ने

एमालेको स्थायी कमिटी बैठक स्थगित, फेरि आजै बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेरको लागि स्थगित भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको हो । 

अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूसँग दशौं राष्ट्रिय महाधिवेशनको बारेमा छलफल गर्ने कार्यक्रम भएकाले केहीबेरको लागि बैठक स्थगित भएको एमाले नेताहरूले बताएका छन् । 

एमालेको महाधिवेशनको उद्घाटन, बन्दसत्र सञ्चालन, महाधिवेशन प्रतिनिधि मनोनयनलगायतको विषयमा छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्