१४ असार २०८३, आइतबार

गलवानमा शहादत पाएका भारतीय सैनिकहरूलाई मरणोपरान्त सम्मान

मंसिर ७, २०७८
गलवानमा शहादत पाएका भारतीय सैनिकहरूलाई मरणोपरान्त सम्मान

भारतका राष्ट्रपति रामनाथ कोविन्दले पोहोर साल गलवान उपत्यकामा चिनियाँ सैनिकहरूसँग भएको भिडन्तमा शहादत पाएका भारतीय सैनिकहरूलाई मरणोपरान्त सम्मान मंगलवार दिएका छन् । 

कर्नेल बी सन्तोष बाबुलाई मरणोपरान्त महावीर चक्र प्रदान गरिएको छ भने अन्य पाँच सैनिकलाई वीर चक्र दिइएको छ । 

पाँचमध्ये चारलाई मरणोपरान्त वीर चक्र सम्मान दिइएको हो । महावीर चक्र भारतको दोस्रो सबभन्दा ठूलो सैन्य सम्मान हो भने वीरचक्र तेस्रो ठूलो सम्मान हो । 

नायब सुबेदार नुदुराम सोरेन, हवल्दार के पालनी, नायक दीपक सिंह र सिपाही गुरतेज सिंहलाई मरणोपरान्त सम्मान दिइएको हो । हवल्दार तेजिन्दर सिंह वीरचक्र पाउने जीवित सैनिक हुन् । 

गलवानमा भएको उक्त भिडन्तले भारत र चीनबीचको सम्बन्धमा तिक्तता ल्याएको छ । गलवान उपत्यकाको गश्ती विन्दु १४ नजिक सात घन्टा भएको घातक भिडन्तमा भारतका २० जना सैनिकको ज्यान गएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्