
पछिल्लो २४ घन्टामा ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ नमूना परीक्षणमध्ये ३१३ पीसीआर र ३८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५०९ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २७३ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ८९० पुगेको छ ।
हाल मुलुकभर ७ हजार ३०० सक्रिय संक्रमित छन् ।