३२ असार २०८३, बिहीबार

इजरायलमा लगाउन थालियो ५-११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप

मंसिर ७, २०७८
इजरायलमा लगाउन थालियो ५-११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप
Image credit : afp

इजरायलमा ५ देखि ११ वर्षका बालबालिकाका लागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरू भएको छ । 

महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ ।  

गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भएको थियो । 

११ वर्ष मुनिका बालबालिकाहरूमा हालसालै पुष्टि भएका घटनाहरूको कारण बालबालिकामा कोरोना लहर अनुभव र सङ्क्रमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताए । 

यसअघि १२ देखि १७ वर्षका किशोरकिशोरी खोप दिन शुरू गरिसकिएको थियो । तर, फाइजरद्वारा गरिएको परीक्षण र इजरायली वैज्ञानिकहरूको प्यानलबाट भएको अनुसन्धानको आधारमा उमेर सीमा घटाउने निर्णय भएको जनाइएको छ । 

यो सजिलो निर्णय नभएको, तर संयुक्त राज्य अमेरिकाबाट उपलब्ध भएको डाटाको आधारमा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्ध खोप अभियान शुरू गरिएको समाचारमा जनाइएको छ । रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्