३१ जेठ २०८३, आइतबार

युएईका आठ राजकुमारीलाई १५ महिनाको जेल सजाय

कात्तिक २०, २०७४
युएईका आठ राजकुमारीलाई १५ महिनाको जेल सजाय
काठमाडौं, ११ असार– बेल्जियमको एक अदालतले संयुक्त अरव इमिरेट्सका आठ राजकुमारिलाई मानव तस्करीमा दोषी ठहर गरेको छ ।

यीनिहरुमा आफ्ना नोकरहरुमाथि अमानवीय व्यवहार गरेको समेत आरोप लागेको छ ।

अदालतले यी राजकुमारिलाई १५ महिनाको सजाय दिएको छ र हरेकलाई १ लाख ८५ हजार डलर जरिवाना तिर्न आदेश दिएको छ ।

यी राजकुमारीमाथि २० नोकर्निलाई गुलामको रुपमा राखेको र उनीहरु २००८ मा राजकुमारीहरुका साथ ब्रसेल्स गएका थिए ।

तर अदातले अमानवीय व्यवहारको गम्भीर आरोपबाट उनीहरुलाई छुटकारा दिएको छ ।

बचाउ पक्षका वकील स्टीफेन मोनोङले उनको वकिलसँग अपीलको फैसला गरेका छैनन् । फैसलाको समय शेख हामदा अल नाह्यान तथा उनकी सात छोरी अदातलमा उपस्थित थिएनन् ।

यो विषय तब सार्वजनिक भयो जब एक नोकर्नी होटलबाट भागेकी थिइन् । राजकुमारीहरुले होटलको एक पुरै सुविधासम्पन्न तला भाडामा लिएका थिए ।


नोकर्निहरुका अनुसार उनीहरुलाई २४ घण्टा काम गराइन्थो । उनीहरुको आदेशमा मात्र सुत्न पाइन्थ्यो भने उनीहरु लाई साप्ताहिक विदा दिइदैनथियो ।

उनीहरुले राजकुमारीहरुले खाएर बाँकी रहेको खाना खानुपर्ने बाध्यता थियो । यो मुद्दाको फैसला हुन ९ वर्ष लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्