×

NMB BANK
NIC ASIA

कछुवाको गतिमा विकास पूर्वाधार

मंसिर ८, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : राजधानी दैनिक
Premier Steels
Marvel

संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत आमनिर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रमा विकास निर्माण तथा आर्थिक समृद्धिको नारालाई प्रमुख प्राथमिकता दिएका थिए । आमनिर्वाचनको चार वर्षसम्म आइपुग्दा समृद्धि तथा विकास निर्माणको दिशामा दलहरू अघि बढेको पाइएको छैन । राजनीतिक दलहरूले पछिल्ला दिनमा विकास र समृद्धिको नारालाई बिर्सिएर पुनः राजनीतिक जोड घटाउमा लाग्दा विकास निर्माणको काम ओझेलमा पर्न थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्ला दिनमा प्रमुख दलहरू आफ्नो पार्टीको महाधिवेशनमा होमिएका छन् । प्रमुख राजनीतिक दलले वडा तथा पालिका हुँदै महाधिवेशनको तयारी गरिरहँदा विकास निर्माण तथा समृद्धिको नारालाई समेत प्राथमिकता दिन छाडेका छन् ।


Advertisment
Nabil box
Kumari

गत आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विकास र समृद्धिको नारा दिएर संयुक्त रूपमा संघ तथा प्रदेशमा उम्मेदवारी दिएका थिए । सो निर्वाचनबाट करिब दुई तिहाइ बहुमत हासिल गर्दै दुई पार्टी एकता गरेर एकल बहुमतको सरकार गठन गरेका थिए ।

Vianet communication
Laxmi Bank

सरकार गठनसँगै विकास पूर्वाधारका कतिपय कामले गतिसमेत लिन थालेको थियो । दुई पार्टी एकताबाट बनेको नेकपाभित्र विवाद सिर्जना भएसँगै पार्टी टुटफुटमा परिणत बने भने त्यससँगै विकास निर्माणमा असर पर्न थालेको थियो । नेकपाभित्रको विवादसँगै विकासको गति पुरानै स्थितिमा आएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

हाल चक्रपथको दोस्रो चरणको विस्तार, धरहरा पुननिर्माणसहित प्राथमकितामा परेका आयोजना तथा राष्ट्रिय गौरवका आयोजनाको काममा पनि ढिलासुस्ती हुन थालेको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको काम पनि सुस्त गतिमा अघि बढेको पाइएको छ । खानेपानी मन्त्रालयले अहिले आएर करिब डेढ अर्ब बजेट माग गर्न थालेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहतका विकास निर्माणमा आवश्यक चासो नदेखाएको पाइएको छ । सहरी विकास मन्त्रालयलगायत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको प्रगति पनि सन्तोषजनक नरहेको पाइएको छ । राजनीतिक अस्थिरतासँगै प्रदेश सरकारहरू परिवर्तन भएका छन् स्थानीय तहसम्मै विकास निर्माणमा असर परेको पाइएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, मुख्य सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्र अहिले पार्टीको महाधिवेशनमा होमिएका छन् । पार्टीले महाधिवेशन घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरू सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउनुभन्दा पनि पार्टी कामलाई बढी प्राथमिकता दिन थालेका छन् ।

प्रधानमन्त्री स्वयं सरकारका कामकारबाहीभन्दा पार्टी काममा बढी समय खर्चिएको पाइएको छ । सरकारमा सहभागी मन्त्रीहरू समेत पार्टीको सभा सम्मेलन तथा गोष्ठी उद्घाटनलगायतका काममा बढी सक्रिय देखिएका छन् ।

सरकारमा सहभागी मन्त्रीहरू भने सरकारले विकास निर्माणको कामलाई उत्ति नै प्राथमिकतामा राखेको बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सरकारको उच्च प्राथमिकता विकास निर्माण रहेको बताएका छन् ।

पार्टी संगठन विभाग प्रमुखसमेत रहेका अर्थमन्त्री शर्माले पुँजीगत वृद्धि तथा विकास निर्माणको कसरी प्रभावकारी बनाउन सकिन्छ ? भनेर आवश्यक छलफलसमेत गर्दै आएका छन् । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x