
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पाल्पाका दुवै निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा पौडेल पक्षका झमानराज मगर निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ मा विजयी मगरले ३४८ मत ल्याउँदा देउवा पक्षका विष्णु बमरेलले ११२ मत पाएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन् । जिसीले ४६० मत ल्याएर विजयी हुँदा संस्थापन पक्षका उम्मेदवार यादवसिंह कार्कीले २१४ मत पाए । क्षेत्र नम्बर २ का अरु पदाधिकारी भने निर्विरोध भएका छन् ।
पाल्पाका ४ प्रदेशसभा क्षेत्रमध्ये ३ क्षेत्रीय सभापतिमा पौडल समूह विजयी भएको छ । दुवै पक्ष सबै क्षेत्रमा प्यानल बनाएरै निर्वाचनमा सहभागी भएका थिए ।
क्षेत्र नम्बर १(१) को सभापतिमा रामबहादुर राना र १(२) मा युवराज पौडेल तथा क्षेत्र नम्बर २(१) मा लक्ष्मी अधिकारी र क्षेत्र नम्बर २(२) मा रुक्मांगत भट्टराई निर्वाचित भएका छन् ।