२३ असार २०८३, मंगलबार

तरलतामा देखिएको समस्या समाधानमा राष्ट्र बैंक लागिरहेको छ : गभर्नर अधिकारी

तरलतामा देखिएको समस्या समाधानमा राष्ट्र बैंक लागिरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलतामा देखिएको समस्या समाधानमा राष्ट्र बैंक लागिरहेको बताएका छन् । 

बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले समग्र आर्थिक प्रणाली जोगाउन आफू प्रयासरत राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको तर्क अगाडि सारेका छन्। 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्रणालीले धान्नै नसक्ने गरी अर्थतन्त्र बिग्रन नदिने समेत बताए।

उनले ५.९ प्रतिशतले विश्व अर्थतन्त्र विस्तार हुने प्रक्षेपण भइरहेको सन्दर्भ जोड्दै नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बताए।

गभर्नर अधिकारीले मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको बताउँदै तर समग्र माग बढ्दा मूल्यवृद्धि माथि जान सक्ने भनाइ राखे।

‘व्याजदरमा हामीले बैंकहरूलाई प्रेसर दिएका छैनौं । जसरी लघुवित्तलाई ब्याजदरको सीमा दिएका छौं । बैंकहरूले स्वविवेक प्रयोग गर्न सक्छन् । सिडि रेसियो निर्धारणले वित्तीय संस्था जोगिएका छन्,’ उनले भने ।


 

salt training

कमेन्ट गर्नुहोस्