०२ साउन २०८३, शनिबार

दिल्लीका सबै स्कूल, कलेज खोल्ने निर्णय

मंसिर ८, २०७८
दिल्लीका सबै स्कूल, कलेज खोल्ने निर्णय
प्रतिकात्मक तस्वीर

भारतको दिल्ली सरकारले २९ नोभेम्बरदेखि सबै स्कूल, कलेज खोल्ने निर्णय गरेको छ ।

बुधवार भएको समीक्षा बैठकमा स्कूल, कलेज, कार्यालय खोल्ने निर्णय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तिहारपछि बढेको वायु प्रदूषणका कारण सरकारले स्कूल लगायत क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो । 

सरकारले निजी सवारीसाधन प्रयोगमा भने कडाइ गरेको छ । धेरै सवारीसाधन प्रयोग हुँदा प्रदूषण बढ्ने भएकाले सार्वजनिक यातायातमा यात्रा गर्न दिल्ली सरकारले निर्देश गरेको छ ।

आगामी २ दिनसम्म दिल्लीमा ट्रकलाई प्रवेश निषेध समेत गरिएको छ । सरकारले प्रदूषण नियन्त्रणका लागि थुप्रै काम गरिरहेको जानकारी सर्वाेच्च अदालतलाई दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्