२८ जेठ २०८३, बिहीबार

शेयर बजारमा सामान्य वृद्धि

शेयर बजारमा सामान्य वृद्धि

बुधवार शेयर बजारमा १.८९ अंकको वृद्धि भएको छ ।

यस दिन नेप्से परिसूचक १.८९ अंकले बढ्दा शेयर बजार २७३५.०१ विन्दुमा पुगेको छ ।

यस दिन १ सय २ कम्पनीको शेयर मूल्य बढेको छ । 

यस्तै ७६ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको परिवर्तन भएको छैन ।

यस दिन ४ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

कुल २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३६ रुपैयाँ बराबरमा कारोबार भएको छ । 

यस दिन कुनै पनि कम्पनीको शेयर मूल्यले सर्किट लेभल पार गरेको छैन । मैलुङ खोेला जल विद्युत कम्पनी लिमिटेडको शेयर मूल्य ९.४७ प्रतिशतले बढेको छ । जुन बुधवारका लागि सबैभन्दा बढी हो । 

यस दिन गुर्खाज् फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी २.५५ प्रतिशतले घटेको छ । 

यस्तै कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सबैभन्दा बढी २६ करोड १५ लाख ५६ हजार ८३४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्