०४ असार २०८३, बिहीबार

सिजी ब्राण्ड अन्तर्गत ‘सिजी मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा

सिजी ब्राण्ड अन्तर्गत ‘सिजी मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा

सिजी ब्राण्ड‌ अन्तर्गत सिजीले आफ्नो ‘सिजी मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा ल्याएको छ ।

सिजी मेरिडिया फ्रिजर ‘सइक्लोपेनटेन’ तथा ‘डिजिटल इनभर्टर कम्प्रेसर’ जस्ता उत्कृष्ट प्रविधिबाट तयार परिएको सिजी ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो ।

प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सिजी ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।

बजारमा आएको यस सिजी मेरिडिया फ्रिज अत्याधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो ।

यस फ्रिजको मूख्य आकर्षण ‘डिजिटल इनभर्टर कम्प्रेसर’ प्रविधि हो, जसमा  भेरिएबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नका साथै इनर्जी इफिसेन्ट पनि छ । साथसाथै ‘डिजिटल इनभर्टर कम्प्रेसर’ ले खानेकुरालाई कम समयमै चिसो बनाउने र फ्रिजलाई शान्त रुपले चल्न पनि मद्दत पुर्याउँदछ । 

त्यसैगरी, मेरिडिया फ्रिज, साइक्लोपेनटेनजस्ता सुविधा जसले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समयसम्म ताजा राख्छ, र कम समयमै खानालाई अत्याधिक ताजगी प्रदान गराउने थप प्रविधिहरूबाट निर्मित गरिएको उत्पादन रहेको कम्पनीले जनाएको छ।

कम्पनीले यस फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टी समेत उपलब्ध गराएको छ ।

सिजी ब्राण्डले आउने दिनहरूमा‘सिजी मेरिडिया’ नाम अन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्