२९ जेठ २०८३, शुक्रबार

कोभिड पछिको औद्योगिक क्षेत्रमा सुधार : ८७.२ प्रतिशत पूर्ण सञ्चालनमा, उत्पादन ७४ प्रतिशतभन्दा बढी

कोभिड पछिको औद्योगिक क्षेत्रमा सुधार : ८७.२ प्रतिशत पूर्ण सञ्चालनमा, उत्पादन ७४ प्रतिशतभन्दा बढी

कोरोना महामारीपछिको अहिलेको अवस्थामा नेपालमा उद्योगधन्दा सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । 

२०७८ कात्तिकमा नेपालमा ८७.२ प्रतिशत उद्योग तथा व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । 

२०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको अध्ययनले जनाएको छ । 

कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको हो । 

गत बैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा २.३ प्रतिशत उद्योग/व्यवसायहरु मात्र सञ्चालन हुन नसकेको पाइएको छ ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिएको अध्ययनले जनाएको छ । 

२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा सुधार आएको छ । 

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेको छ ।

२०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुलेन्ट क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको छ । 

गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनु अगाडिको अवस्था भने अझै उत्पादन/कारोबार पुगिसकेको देखिदैन ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भइ कोभिड पूर्वको अवस्था नजिक पुगेको पाइएको छ । 

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको छ ।

उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग/व्यवसायहरुको औसत तलब— ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ । 

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको देखिएको छ ।

खानी तथा उत्खनन र विद्युत्, ग्याँस तथा पानी लगायत क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ । 

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले कोभिड–१९ का कारण बजार माग घटेको, चालु खर्च धान्न समस्या रहेकोर श्रमिकसँग सम्बन्धित समस्याको कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् ।

उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले उद्योग/व्यवसाय बिक्री गरेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएका छन् ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग/व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको देखिएको छ । 

अझै पनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा पुग्न नसकेको भएतापनि २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ ।

कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात् उक्त संक्रमणविरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भइ पूनरुत्थानउन्मुख रहेको छ ।

यस परिप्रेक्ष्यमा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारकोअवस्थामा सुधार आइ अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्