
प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रणका लागि सकारात्मक पहल लिने बताएका छन् । मूल्य वृद्धिविरुद्ध बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेका छ विद्यार्थी सङ्गठनलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर सकारात्मक निर्णय लिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले सम्भव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन दिएको खबर गोरखापत्रमा छापिएको छ ।