
नेपाली बजारमा बिहीवार सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन (बुधवार) यस्तो सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन (बुधवार) चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।