२३ जेठ २०८३, शनिबार

नयाँ ओमोडा ई फाइभ प्रो विराटनगरमा सार्वजनिक​​

जेठ २०, २०८३
विराटनगर
नयाँ ओमोडा ई फाइभ प्रो विराटनगरमा सार्वजनिक​​

पायोनियर मोटो कर्प प्रालिले विराटनगरमा बहुप्रतीक्षित नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ ।

ओमोडा एन्ड जेको ब्रान्डको आधिकारिक वितरक रहेको कम्पनीले अत्याधुनिक प्रविधि, प्रिमियम फिचर र आकर्षक डिजाइनसहितको नयाँ मोडल नेपाली बजारमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार नेपालमा ओमोडा ई फाइभ का १ हजार ५०० भन्दा बढी युनिट सञ्चालनमा आइसकेका छन् ।

सोही सफलतालाई निरन्तरता दिँदै नयाँ ई फाइभ प्रो थप उन्नत सुविधासहित सार्वजनिक गरिएको हो ।

नयाँ ओमोडा ई फाइभ प्रोमा ५० दशमलव ७ किलोवाट–घण्टा क्षमता भएको ब्याट्री प्याक, ९९ किलोवाटको इलेक्ट्रिक मोटर तथा २८८ न्युटन मिटर टर्क रहेको छ ।

यसले एक पटकको पूर्ण चार्जमा ३५० किलोमिटर (डब्ल्यूएलटीपी) रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १८ इन्चका अलोय ह्विलले नेपाली सडकका लागि यसलाई उपयुक्त बनाएको बताइएको छ ।

डिजाइनतर्फ, गाडीमा फ्युचरिस्टिक फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल तथा आकर्षक ‘फ्यान्टम विङ’ टेललाइट जस्ता विशेषता समावेश छन् ।

भित्री भागमा इलेक्ट्रिक सनरुफ, प्रिमियम इन्टेरियर सामग्री, ड्राइभर मसाज सिट, आठ वटा सोनी स्पिकरयुक्त अडियो सिस्टम तथा १५ दशमलव ६ इन्चको वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध छ ।

salt training

कमेन्ट गर्नुहोस्