
आजकल मधुमेह महामारीकै रूपमा आएको छ । यसका लक्षणहरू सामान्य तरिकाले पत्ता लाग्दैन अनि यसले बिस्तारै रोगीलाई समस्यामा पार्दै लान्छ । शुरुमै मधुमेह पत्ता लाग्दैन र हामी आफूलाई स्वस्थ ठान्छौं तर भित्रभित्रै यसले खराब असर पारिरहेको हुनसक्छ ।

मधुमेहको प्रमुख कारण बिग्रेको जीवनशैली र खानपानमा लापरवाही हो । त्यसैले स्वस्थ रहनका लागि नियमित व्यायाम र सन्तुलित तथा पौष्टिक आहार लिनुपर्छ ।
अत्यधिक तनाव र अल्छीपन मधुमेहको प्रमुख कारण हो । त्यसका साथै स्वस्थ खानपानमा ध्यान नदिनु पनि यसको कारण हो । आहारमा ट्रान्सफ्याट, नून र चिनीको अधिक उपयोग नगर्नुस् अनि रक्सी र चुरोट पिउने बानी तत्कालै त्याग्नुस् ।
शरीरमा इन्सुलिन नबन्नु सुगर, डायबिटिज र कोरोनेरी एथेरोसिलेरोसिस जस्ता ठूला रोगको शुरुवाती कारण हो । यसबाट रक्तधमनीहरू कडा हुन्छन् र साँघुरिन्छन् । यस्तो हुँदा मुटुको मांसपेशीमा रगतमार्फत पुग्ने अक्सिजनको कमी हुन्छ र रगत जम्न थाल्छ । यसैले हृदयघात गराइदिन्छ ।
अरू मान्छेभन्दा मधुमेहका रोगीलाई हृदयघात, कार्डियोमायोप्याथी र मुटुरोगको सम्भावना दुईदेखि चार गुणा बढेर जान्छ ।
रगतमा चिनीको स्तर जति बढी हुन्छ, हृदयघातको खतरा पनि उत्तिनै बढेर जान्छ ।
त्यसैले मधुमेह रोगीले समय समयमा आफ्नो इन्सुलिन र हृदयघातको खतरालाई जँचाइरहनुपर्छ ।
नियमित व्यायाम गर्नुभयो भने रक्तचाप घट्छ, रगतमा चिनीको स्तर कम हुन्छ, तौल घट्छ र तनावबाट मुक्ति पाइन्छ ।
एजेन्सी