×

NMB BANK
NIC ASIA

गुल्मीमा कांग्रेसको नेतृत्वका लागि २ नेताले गरे उम्मेदवारी घोषणा

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गुल्मी कांग्रेस नेतृत्वका लागि दुई जना युवा नेताले उम्मेदवारी घोषणा गरेका छन् ।

Muktinath Bank

गुल्मीको आठौं जिल्ला अधिवेशन शुक्रबार शनिबार हुँदैछ । अहिलेसम्म सभापतिका दुई आकांक्षीले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महाधिवेशन प्रतिनिधिद्वय खिलध्वज पन्थी र बेद बहादुर थापामगरले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

पन्थी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । पन्थीले पत्रकार सम्मेलन र थापाले सामाजिक संजालमार्फत उम्मेदवारीको घोषणा गरेका हुन् । खिलध्वज पन्थी नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव हुन् । 

Vianet communication
Laxmi Bank

पन्थी भर्खरै सम्पन्न भएको क्षेत्र नं १ को कांग्रेस क्षेत्रीय निर्वाचनमा सबैभन्दा बढी ६२३ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बिजय भएर उत्सब मनाएका र पराजित भएर मन दुखाएका सवै साथीहरुलाई एकतावद्ध बनाएर आर्थिक क्रान्ति र वास्तविक समाजवाद निर्माणमा आफुले काम गर्ने पन्थीको भनाइ छ । 

बेद थापामगर पनि कांग्रेस सभापतिका दावेदार हुन् । उनी अहिले कालीगण्डकी गाउँपालिकाका प्रमुख छन । उनी क्षेत्र नं १ को कांग्रेस क्षेत्रीय निर्वाचनमा ५८७ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि भए । थापामगर यस अगाडि जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार थिए । उनले पार्टीलाई संस्थागत गर्न, गुटबन्दीको अन्त्य गरेर वडा, पालिका, क्षेत्र तथा महाधिवेशन प्रतिनिधिमा पराजित मित्रहरूलाई सँगै लिएर अगाडि बढ्न सभापतिमा उम्मेदवारीको घोषणा गरेको बताए । 

उनले महाधिवेशनका सवै प्रतिनिधी विवेकशील भएकाले अभिमतको कदर गर्न आफु तयार रहेको बताए । थापामगर देउवा पक्षका उम्मेदवार हुन् । जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले सर्वसम्मत नेतृत्व आफुले पाउनुपर्ने तर्क गर्दै आएका छन् । तर, आधिकारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । सभापतिको दाबेदार महेन्द्र भण्डारी, विष्णु सापकोटा, विष्णु बलाल, श्रीप्रसाद भलामी लगायतका नेताले औपचारिक घोषणा गरेका छैनन् । अहिलेसम्म जिल्लामा देउवा र पौडेल पक्षको चर्चा देखिएको छ । 

प्रतिनिधिको हिसावले पौडेल पक्ष बलियो देखिए पनि सजिलोसँग नेतृत्व पौडेल पक्षलाई नदिने दाउमा देउवा पक्ष छ । क्षेत्र नं २ मा दरिलो देखिएको पौडेल पक्षको आडमा खिलध्वज पन्थीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्  भने  क्षेत्र नं १ मा बेद थापा मगरले आफुले प्राप्त गरेको मतसँगै क्षेत्र नं १ र २ मा पौडेल पक्षबाट असन्तुष्ट मतहरु बटुलेर नेतृत्व लिने कसरतमा लागेको कांग्रेसका एक नेताले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x