०९ असार २०८३, मंगलबार

बोल्दाबोल्दै भाषण बिर्सिए बेलायतका प्रधानमन्त्रीले, निकाले गाडीको आवाज (भिडियो)

मंसिर ९, २०७८
बोल्दाबोल्दै भाषण बिर्सिए बेलायतका प्रधानमन्त्रीले, निकाले गाडीको आवाज (भिडियो)

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भाषण गर्दागर्दै कुरा बिर्सिएपछि गाडीको आवाज निकालेका छन् । 

सोमवार जोनसन बेलायतलाई कसरी थप वातावरणमैत्री बनाउन सकिन्छ भन्ने विषयमा आयोजित कार्यक्रममा भाग लिइरहेका थिए । त्यहाँ भाषण दिने क्रममा शुरूमा त जोनसनले शानदार सम्बोधन गरे । 

तर पछि उनलाई के भयो कुन्नि, विद्युतीय गाडीको तुलना पेट्रोल र डीजेल गाडीहरूसँग गर्दै उनले भ्र्रूम भ्रूम गर्दै अनौठा आवाज निकाल्न थाले । पछि उनले नीतिहरूका कुरा गर्दा भाषणको बीचमा नोट हराए ।

नोट नभेटेपछि उनले बच्चाहरूको थिम पार्क पेप्पा पिग वर्ल्डको कुरा गर्न थाले । पत्नी र छोराका साथ उनी उक्त पार्कमा घुम्न गएका थिए । 

त्यहाँ उनी बच्चाहरूको पिङमा बसे र छोरोसँग मिलेर खेलौना कार पनि चलाए । 

भाषणको क्रममा पेप्पा पिगको कुरा झिकेर जोनसनले आलोचकहरूलाई गतिलो मसला दिएका छन् । जोनसन दिशाहीन बनेको र प्रधानमन्त्री पदमा बस्न योग्य नरहेको आलोचकहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्