
बिहीवार शेयर बजारमा सामान्य गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक ३.२२ अंकले घट्दै २७३१.७८ विन्दुमा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.४५ अंकले बढ्दै ५१५.६५ विन्दुमा पुगेको छ ।
यस दिन ६१ कम्पनीको शेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर छ ।
यस दिन कुल २ सय ३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
यस दिन सबैभन्दा बढी समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ९.२७ प्रतिशत मूल्य बढेको छ ।
यस दिन सबैभन्दा बढी नोक्सानी मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यहोरेको छ । जसको शेयरमूल्य ६.९३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २६ करोड ५७ लाख १३ हजार ७३६ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।