२३ जेठ २०८३, शनिबार

यो विद्यालयमा शिक्षकले विद्यार्थीको गोडा ढोग्छन्, किन ?

कात्तिक २०, २०७४
यो विद्यालयमा शिक्षकले विद्यार्थीको गोडा ढोग्छन्, किन ?

हिन्दू धर्ममा अग्रजको गोडामा ढोगेर सम्मान दिने परम्परा छ र अग्रजहरूले आशीर्वाद दिने चलन छ ।


प्राचीनकालदेखि नै गुरुहरूलाई भगवानभन्दा पनि ठूलो सम्मान दिइँदै आएको छ । त्यसैले गर्दा गुरुको पाउमा ढोगेर आशीर्वाद लिने गरिन्छ । यसो गर्दा गुरुको मात्र नभई भगवानको असीम कृपा पाइने विश्वास छ ।

तर भारतको मुम्बईमा भएको एक स्कूलमा चाहिँ शिक्षकले शिष्यहरूको गोडामा ढोग्ने गरेका छन् । हरेक बिहान एक परम्पराका कारण ऋषिकुल गुरुकुल विद्यालयमा यो दृश्य देख्न पाइन्छ ।

हिन्दू धर्ममा बच्चाहरूलाई भगवानको रूप मानिन्छ । त्यसैले उनीहरूको गोडा समाउनु भनेको भगवानसमक्ष झुक्नु हो । गुरुकुलमा चलिरहेको यो परम्पराले शिक्षकप्रति पनि सम्मान बढाएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्