
काठमाडौं, ११ असार - नवलपरासीको बर्दघाटका दुई ठाउँमा सुतली बम फेला परेका छन् । बर्दघाट नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार विश्वप्रेम पाठकको घर अगाडी सुतली बम फेला परेको हो ।
माओबादी केन्द्रका मेयरका उम्मेदवार रुद प्रसाद उपाध्यायको घर नजिकैपनि सुतली बम फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।