माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
काठमाडौं, ३ मंसिर – छिमेकी मुलुक भारतका विमानहरूले विना अनुमति नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै सुरक्षाकर्मी राखेर यात्रुहरूको सुरक्षा जाँच गर्ने गरेको खुल्न आएको छ ।
खासगरी पाँच वर्षयता आधिकारिक र व्यवस्थित रूपमै इन्डियन एयरलाइन्सहरूले उसका स्काई मार्सल मार्फत नेपालको विमानस्थल प्रयोग गरेर भारत जाने यात्रुहरूको जाँचपड्ताल गर्ने गरेको पाइएको हो ।
नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियन एयरलाइन्सहरू प्रयोग गरेर भारत जाने यात्रुले विमान चढ्नुअघि तीनवटा सुरक्षा घेरा पार गर्नुपर्ने बाध्यता छ । बाकस जस्तै देखिने (हेरौं तस्वीर) ती सुरक्षा घेरामा यात्रुहरूको चेकजाँच हुन्छ र त्यस्तो कार्यमा इन्डियन एयरलाइन्सकै स्काई मार्सलहरू संलग्न हुन्छन् । त्यस्ता सुरक्षा घेरा नेपाल सरकारको अनुमतिविनै राखिएको नेपाली सरकारी अधिकारीहरूले बताएका छन् ।
गृहमन्त्रालयका सहायक प्रवक्ता उद्धव थापाले अहिलेसम्म कुनै पनि विदेशी एयरलाइन्सले विमानस्थलमा आफ्नै स्काई मार्सल मार्फत छुट्टै सुरक्षा संयन्त्र खडा गरी चेकजाँच गर्न नेपाल सरकारबाट अनुमति नलिएको लोकान्तरलाई जानकारी दिए ।
‘विगतदेखि अहिलेसम्मको कुनै पनि अभिलेख अनुसार कुनै पनि विदेशी एयरलाइन्सलाई चेक गर्न पाउने अधिकारको अनुमति दिइएको छैन,’ उनले भने, ‘कसैले राखेको भए त्यस्तो गर्न दिने, नदिने काम नागरिक उड्डयन प्राधिकरणले गर्नुपर्छ ।’
२०५६ सालमा काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्स अपहरणमा परेपछि भारतीय अधिकारीहरूले नेपाली सुरक्षा व्यवस्थाप्रति गम्भीर उठाएपछि भारतीय विमानहरूले त्रिभुवन विमानस्थलमा आफ्नो छुट्टै सुरक्षा जाँचको संयन्त्र खडा गर्दै आएका थिए । तर हालैका वर्षहरूमा त्यस्तो काम भारतीय विमानहरूले आधिकारिक रूपमै गरिरहेका छन् ।
उनीहरूले त्रिभुवन विमानस्थलमा नेपाली सुरक्षा जाँचपछि विमानमा चढ्न योग्य ठहरिएका यात्रुको पुनः आफ्नै संयन्त्रबाट सुरक्षा जाँच गर्ने गर्छन् । एयर इन्डिया लगायतका भारतीय विमानहरूले लामो समयदेखि जहाजको भ–याङमै यात्रुहरू जहाजभित्र चढ्नुअघि स्काई मार्सल राखेर चेकजाँच गर्ने गरेका छन् ।
नागरिक उड्डयन सुरक्षण नियमावलीले गृह मन्त्रालयको स्वीकृति लिएपछि मात्रै विमानस्थलमा पुनः सुरक्षा जाँच गर्न पाउने व्यवस्था गरेको भएपनि उनीहरूले अनुमति नै नलिई विमानस्थलमा यस्तो जाँच गर्ने गरेको पाइएको हो ।
भारतीय विमानहरूले गर्ने यस्तो प्रक्रियाको धेरै पहिलेदेखि विरोध भइरहेको छ । तर त्रिभुवन विमानस्थलका प्रवक्ता पे्रेमनाथ ठाकुर भारतीय विमानहरूले गर्ने उक्त सुरक्षा जाँचलाई ‘सामान्य’ जाँचको रूपमा लिनुपर्ने बताउँछन् ।‘यात्रुलाई थप सुरक्षित महसूस गराउनका लागि उनीहरूले जाँच गर्छन् भने हाम्रो आपत्तिको विषय होइन,’ उनले भने, ‘भारतीय विमानहरूले सामान्य जाँच गर्छन् । तर विमानस्थलमा स्काई मार्शल राख्न भने हामीले दिएका छैनौं ।’
उनले स्काई मार्शल राख्न नदिएको बताएपनि एयर इन्डियाले अहिले पनि विमानस्थलमा आफ्नो जहाज उड्नुअघि भ–याङमा स्काई मार्सल मार्फत यात्रुहरूको चेकजाँच गर्छ । यसरी उड्डयन प्राधिकरण मातहतको विमानस्थलले उनीहरूलाई जानाजान पुनः यात्रुको जाँच गर्न दिएपछि लामो समयदेखि त्यसको विरोध भइरहेको छ । तर उक्त प्रक्रिया रोकिएको छैन ।
यसरी भारतीय विमानहरूले नेपालको विमानस्थलमा गरिरहेको सुरक्षा जाँचलाई सुरक्षा विज्ञहरूले नेपाली सुरक्षाप्रति भारतको अविश्वासका रूपमा टिप्पणी गरेका छन् । उनीहरूका अनुसार एयरपोर्टमा भारतले राख्नेगरेको स्काई मार्सलले नेपालको सुरक्षा व्यवस्थाको विश्वस्नीयतालाई चुनौती दिएको छ ।
‘भारतले मात्रै होइन अघिल्लो वर्ष अमेरिकाको स्टेट डिपार्टमेन्ट (विदेश मन्त्रालय) ले पनि नेपालको विमानस्थलको सुरक्षा व्यवस्था कमजोर भएको बताएको थियो,’ नेपाली सुरक्षाविज्ञ गेजा शर्मा वाग्लेले लोकान्तरसँग भने, ‘चासो राख्नु स्वाभाविक हो तर उनीहरूले नेपालको सुरक्षा प्रणालीलाई स्वीकार गर्नुपर्छ ।’
वाग्लेले मित्रराष्ट्रहरूले सुरक्षा प्रणाली बलियो बनाउन रचनात्मक भूमिका खेल्न सक्ने भएपनि विमानस्थलमै स्काई मार्शल राख्नु चाहिँ गलत भएको बताए । कतिपय अफ्रिकी देशमा विदेशी विमानहरूले स्काई मार्शल राख्ने गरेको भएपनि नेपालको सुरक्षा अवस्था त्यो स्तरको कमजोर नभएको वाग्लेको भनाई छ ।
विश्वका धेरै देशहरूले नेपालको विमानस्थलको सुरक्षामा आफूहरूको ध्यान आकृष्ट भएको जनाउँदै आएका छन् । सुरक्षाविद् वाग्लेले नेपालको सुरक्षा कमजोर भएपनि मित्र राष्ट्रहरूले स्वीकार गर्नुपर्ने बताए ।
तालुक निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त विषयमा अहिलेसम्म पनि छलफल नचलाएको पाइएको छ । पर्यटन मन्त्रालयका एक सहसचिवले अहिलेसम्म भारतीय विमानहरुले नेपालको विमानस्थलमा उसका स्काई मार्शल मार्फत यात्रुको सुरक्षा जाँच गर्ने विषयमा सैद्धान्तिक छलफल समेत नभएको बताए ।
‘उनीहरूले गरेको जाँचले हामीलाई केही असर नपर्ने भएर होला,’ उनको दाबी छ, ‘अहिलेसम्म मन्त्रालयमा छलफल समेत भएको छैन । भारतीय विमानहरूले यात्रुहरुको दोस्रोपटक जाँच गरिरहेको विषय चाहिँ सत्य हो ।’ भारतबाहेक अरू कुनै पनि देशका विमानहरूले त्रिभुवन विमानस्थलमा यात्रुको दोस्रोपटक सुरक्षा जाँच गर्दैनन् ।
विभिन्न मुलुकहरूले नेपालको सुरक्षामा चासो देखाइरहेको भएपनि नेपालले अहिलेसम्म विमानस्थलको आफ्नो सुरक्षालाई मजबुत गराउन ठोस पहल नगरेको आरोप खेपिरहेको छ ।
सुरक्षाविद्हरूका अनुसार नेपालले विमानस्थलको सुरक्षालाई बलियो बनाउने र भारतीय विमानहरूले गर्दै आइरहेको दोहोरो सुरक्षा जाँच प्रक्रिया हटाउने काम एकैपटक गरिनुपर्ने बताएका छन् । तस्वीर स्रोत : सौरभज्योती
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...