०५ असार २०८३, शुक्रबार

नहकुल सुवेदी सर्वोच्चमा मुख्य रजिष्ट्रार नियुक्त

कात्तिक २०, २०७४
नहकुल सुवेदी सर्वोच्चमा मुख्य रजिष्ट्रार नियुक्त

काठमाडौं, ११ असार - न्याय परिषद्का सचिव नहकुल सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नियुक्त भएका छन् । उनी पहिलो पटक मुख्य रजिष्ट्रार नियुक्त भएका हुन् ।

यो भन्दा अघि सर्वोच्च अदालतमा रजिष्ट्रार रहने व्यवस्था थियो । एक वर्ष अघि ऐन संशोधन गरेर सर्वोच्चमा मुख्य रजिष्ट्रार रहने व्यवस्था गरिएको थियो ।

तर विभिन्न कारणले मुख्य रजिष्ट्रार नियुक्त हुन सकेको थिएन । आइतवार बसेको न्याय सेवा आयोगको बैठकले सुवेदीलाई मुख्य रजिष्ट्रारमा नियुक्त गरेको हो ।

बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलालाई बेपत्ता छानबिन आयोगको सचिव बनाएर पठाएको छ। राजन भट्टराईलाई न्याय परिषद्को सचिवमा नियुक्त गरिएको छ ।

न्याय सेवा आयोगमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । त्यस्तै कानुन मन्त्री, महान्यायाधीवक्ता, लोकसेवा आयोगका अध्यक्ष र सर्वोच्चका बरिष्ठतम न्यायाधीश सदस्य रहने व्यवस्था छ ।

सर्वोच्च अदालत ऐन संशोधन गरेर सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रारको पद थपिएको थियो । अव सर्वोच्चको प्रशासनतर्फ मुख्य रजिष्ट्रार, रजिष्ट्रार र सह रजिष्ट्रार रहनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्