काठमाडौं, ११ असार –इद उल फितरको (ईद) को अवसरमा सोमवार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
मुस्लिम समुदायले ईदलाई महत्वपूर्ण पर्वका रुपमा मनाउने गर्छन् । पर्वको अवसरमा मन्त्रालयले शुभकामनासमेत व्यक्त गरेको छ ।