०५ साउन २०८३, मंगलबार

केन्द्रीय निकायका उम्मेदवार प्रस्ताव गर्ने जिम्मा केपी ओलीलाई

मंसिर ११, २०७८
केन्द्रीय निकायका उम्मेदवार प्रस्ताव गर्ने जिम्मा केपी ओलीलाई

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दशत्रले पार्टीका तीन निकायका अध्यक्ष सहित पदाधिकारी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

निवर्तमान उपमहासचिव विष्णु पौडेलको प्रस्तावमा केन्द्रीय निकायका पदाधिकारीको प्रस्ताव गर्न ओलीलाई जिम्मा दिइएको हो ।

बन्दशत्रमा ओलीले पार्टीको अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरुको सूची प्रस्ताव गर्नेछन् । अनुशासन आयोगमा पूर्व उपाध्यक्ष युवराज ज्ञवालीको नाम प्रस्ताव हुने चर्चा छ ।

केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालवावु पण्डित र गोमा देवकोटा सदस्य रहेको अध्यक्ष मण्डलले बन्दशत्र चलाइरहेको छ । बन्दशत्र अहिले पनि जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्