साउन २५, २०७९
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
चितवन | मंसिर ११, २०७८
नेकपा एमालेको दशौं महाधिवेशन बन्दशत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको लागि चुनावी प्रतिष्पर्धा गर्न चाहनेको अधिकार नखोसिने बताएका छन् ।
चितवनको सौराहामा जारी एमाले महाधिवेशनको बन्दशत्रमा नेतृत्व चयनको प्रक्रियालाई लिएर भीम रावलले असन्तुष्टि जनाएपछि ओलीले चुनाव लड्न पाउने अधिकार नखोसिने बताएका हुन् ।
बन्दशत्रले पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा केपी ओलीलाई दिएको थियो ।
सो प्रस्तावमा आपत्ति जनाउँदै रावलले पार्टी विधानले व्यक्तिलाई त्यस्तो अधिकार नदिएको बताएका थिए । रावलले अध्यक्षमा उम्मेदवारी दिने आफ्नो अडान कायम रहेको बताएका थिए ।
‘उहाँले मनोनयन नै गर्नु भएको छैन, कहाँबाट फिर्ता लिनु । चुनाव लड्नु भन्नु भएको छैन । कसैले उम्मेदवारी दिएन भने कसरी लड्नु हुन्छ ? सहमतिको प्रयास गर्छौँ भनेको हो । नेतृत्व चयन गर्दा निर्वाचित हुने सर्वसम्मति र प्रतिस्पर्धाको विधी हुन्छ । जो चुनाव लड्छु भन्छ के का लागि चुनाव लड्ने भन्ने विचार गर्नु पर्छ,’ ओलीले भने, ‘प्रतिष्पर्धा गर्ने कसैको अधिकार खोसिँदैन, विधान मिचिँदैन । हामी लोकतान्त्रिक अभ्यास गर्ने हो । कसैमाथि थिचो मिचो हुँदैन ।’
ओली बोलेपछि दोस्रो दिनको बन्दशत्र सकिएको छ । आइतवार बिहान १० बजे शुरु हुने बन्दशत्रमा ओलीले पदाधिकारी सहित केन्द्रीय समितिको सूची प्रस्ताव गर्नेछन् । सहमति नभए भोलि मतदान हुनेछ ।
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता सम्बन्धी ऐन राष्ट्रपतिले नरोक्ने बताएका छन् । पाँच दिनको जापान भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा आयोजित पत्रका...
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते तय भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लाग...
मंगलवार राति काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । ललितपुरको खोकना क्षेत्र, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्र र भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान वि...
काठमाडौंको बालाजुस्थित एक कारखानामा आगलागी भएको छ । प्रहरीका अनुसार जुत्ता बनाउने कारखानामा बुधवार मध्याह्न आगलागी भएको हो । आगलागीको सूचना पाएसँगै प्रहरी घटनास्थलमा पुगेको छ । निकै टाढाबाट पनि ध...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...