०४ साउन २०८३, सोमबार
एमाले महाधिवेशन

भीम रावललाई ओलीको जवाफ– चुनाव लड्छु भन्नेको अधिकार खोसिँदैन, उम्मेदवारी दिन पाइन्छ

भीम रावललाई ओलीको जवाफ– चुनाव लड्छु भन्नेको अधिकार खोसिँदैन, उम्मेदवारी दिन पाइन्छ

नेकपा एमालेको दशौं महाधिवेशन बन्दशत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको लागि चुनावी प्रतिष्पर्धा गर्न चाहनेको अधिकार नखोसिने बताएका छन् ।

चितवनको सौराहामा जारी एमाले महाधिवेशनको बन्दशत्रमा नेतृत्व चयनको प्रक्रियालाई लिएर भीम रावलले असन्तुष्टि जनाएपछि ओलीले चुनाव लड्न पाउने अधिकार नखोसिने बताएका हुन् । 

बन्दशत्रले पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा केपी ओलीलाई दिएको थियो ।

सो प्रस्तावमा आपत्ति जनाउँदै रावलले पार्टी विधानले व्यक्तिलाई त्यस्तो अधिकार नदिएको बताएका थिए । रावलले अध्यक्षमा उम्मेदवारी दिने आफ्नो अडान कायम रहेको बताएका थिए ।

‘उहाँले मनोनयन नै गर्नु भएको छैन, कहाँबाट फिर्ता लिनु । चुनाव लड्नु भन्नु भएको छैन । कसैले उम्मेदवारी दिएन भने कसरी लड्नु हुन्छ ? सहमतिको प्रयास गर्छौँ भनेको हो । नेतृत्व चयन गर्दा निर्वाचित हुने सर्वसम्मति र प्रतिस्पर्धाको विधी हुन्छ । जो चुनाव लड्छु भन्छ के का लागि चुनाव लड्ने भन्ने विचार गर्नु पर्छ,’ ओलीले भने, ‘प्रतिष्पर्धा गर्ने कसैको अधिकार खोसिँदैन, विधान मिचिँदैन । हामी लोकतान्त्रिक अभ्यास गर्ने हो । कसैमाथि थिचो मिचो हुँदैन ।’ 

ओली बोलेपछि दोस्रो दिनको बन्दशत्र सकिएको छ । आइतवार बिहान १० बजे शुरु हुने बन्दशत्रमा ओलीले पदाधिकारी सहित केन्द्रीय समितिको सूची प्रस्ताव गर्नेछन् । सहमति नभए भोलि मतदान हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्