साउन २५, २०७९
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न गरेको छ । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र...
काठमाडाैं | मंसिर ११, २०७८
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरूको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा आज आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सवैको साझा लक्ष्य हो भने ।
वरिष्ठ उपाध्यक्ष ढकालले भने“सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाइहरू देखिएका र सूचिकरण प्रकृया सुस्त गतिमा रहेको भएपनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आजसम्म सूचीकृत प्रतिष्ठान र श्रमिकको संख्याबाट निराश हुनुपर्ने छैन । ”
नयाँ व्यवस्था लागु गर्दा केही समस्या त आउँछन् नै भन्दै त्यसबाट विचलित हुनु भन्दा प्राप्त गरेको अनुभव र सुरक्षा प्रणालीको कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई मनन् गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सफलतापूर्वक अघि वढाउन कोष सक्षम हुने विश्वास उनले व्यक्त गरे ।
उनले आजसम्म करिव १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिकको सूचिकरण भई सकेको जानकारी पनि दिए । सूचीकृत श्रमिकहरुले सामाजिक सुरक्षा कोषबाट सुविधा पनि पाउन थालिसकेका जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस प्रणालीबारे अझै पनि धेरै भ्रम र बुझाईको कमी रहेकाले त्यो भ्रम हटाउनुपर्ने बताए ।
सामाजिक सुरक्षा प्रणाली लागू गर्दा विभिन्न व्यवहारिक कठिनाई आउने गरेको धेरै मुलुकको अनुभव रहेको उनले सुनाए । उनले भने,'अहिले हामीकहाँ पनि केही समस्या छन्, हामी सवै सरोकारवालाहरूले त्यस्ता समस्याको उपयुक्त समाधान खोजी अघि बढ्नु पर्दछ भन्ने हाम्रो धारणा हो ।'
विद्यमान विवाद र द्विविधाको अन्त्य हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई हाम्रो आफ्नै परिवेश अनुकूल र आकर्षक वनाउन ऐन कानून र कार्यविधिमा थप सुधार र परिमार्जन गर्नेतर्फ सोच्न पनि उनले सरोकारवालाहरूलाई आग्रह गरे ।
अहिले प्रचलनमा रहेको संचयकोष र उपदानको व्यवस्थालाई वढी से वढी श्रमिकको हितमा हुनेगरी व्यवस्थापन गर्न र त्यसका लागि सुविधा योजनालाई व्यवहारिक वनाउन पनि सोच्नुपर्ने उनको सुझाव थियो ।
उनले भने,'यस प्रणालीका विषयमा श्रमिक र रोजगारदाताले अपेक्षा गरेकाले त्यसतर्फ सोच्न कोषलाई आग्रह गर्न चाहन्छु ।'
उनले सामाजिक सुरक्षा प्रणालीलाई आकर्षक र भरपर्दो वनाउन सबैले आ–आफ्नो तहबाट योगदान गर्न पनि आग्रह गरे ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने वार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न गरेको छ । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र...
भारतीयसँगै नेपाली मुद्राको अवमूल्यनका कारण पछिल्लो समय डलर निकै महंगो पर्न थालेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मूल्यअनुसार अहिले १ अमेरिकी डलर खरिद गर्न नेपाली मुद्रा १२७ रुपैयाँ ७६ पैसा खर्च गर्नुपर्छ ...
पोखराको फूलबारी रिसोर्ट किन्न एउटा मात्रै व्यापारिक कम्पनीको आवेदन परेको छ । पोखराको पाँचतारे होटल फूलबारी रिसोर्टका सञ्चालक पियुसबहादुर अमात्यले नेपाल बैंकबाट लिएको साढे ३ अर्ब रुपैयाँ ऋण तिर्न नसकेपछि उ...
पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका चिया उद्योगलाई मार पर्ने प्रस्ताव भारतीय संसद्मा प्रवेश भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी नेकपा एकीकृत समाजवादीका सम्मा...
नेपाल उद्योग परिसंघले रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ । मेला आगामी कात्तिक १७ देखि ३० गतेसम्म आयोजना गर्ने परिसंघले मंगलवार पत्रकार सम्मेलन गरी जनाएको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा ...
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न गरेको छ । साउन १९ देखि २३ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरू एवं शाखा, ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...