०६ साउन २०८३, बुधबार

माओवादी पालिका अधिवेशनबाट झापामा सर्वसम्मत नेतृत्व चयन

मंसिर १२, २०७८
माओवादी पालिका अधिवेशनबाट झापामा सर्वसम्मत नेतृत्व चयन

झापाका ३ वटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा माओवादी केन्द्रको नेतृत्व चयन भएको छ ।

मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन भएका छन् भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईं चयन भएका छन् ।

पार्टीले शनिवार देशैभर नगर तथा गाउँपालिकास्तरीय अधिवेशन आयोजना गरेको थियो । जिल्लाका १५ पालिकामध्ये २ नगर र १ गाउँपालिकामा नयाँ नेतृत्व चयन भइसकेको र अरु पालिकामा अधिवेशन उद्घाटन भएता पनि नेतृत्व चयन हुन बाँकी रहेको पार्टीका जिल्ला सचिवालय सदस्य माधव अर्यालले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्