१० साउन २०८३, आइतबार

देशको ऐतिहासिक परिवर्तन काँग्रेसकै नेतृत्वमा– डा.महत

कात्तिक २०, २०७४
देशको ऐतिहासिक परिवर्तन काँग्रेसकै नेतृत्वमा– डा.महत
अछाम, असार ११ — नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.प्रकाश शरण महतले मुलुकमा बिगत लामो समयदेखि भएका ऐतिहासिक र युगान्तकारी परिवर्तनहरु नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताउनुभएको छ ।
आज अछामको रामारोशनमा नेपाली काँग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधनगर्दै उहाँले भन्नुभयो– विसं २००७ देखि आजका दिनसम्मका नेपालका ठूला एवम् ऐतिहासिक परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले नै गरेको छ र देशलाई संघीय शासन व्यवस्थामा लैजाने काम पनि उसकै मात्र नेतृत्वमा सम्भव हुने छ ।
केन्द्रीय सदस्य डा.महतले नेपाली काँग्रेसकै कारण मुलुकमा १५ बर्षभन्दा लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन भइरहेको छ र अब हुने प्रदेश र केन्द्रको निर्वाचन पनि काँग्रेसकै नेतृत्वमा सफल र सम्भव हुने स्पष्ट गर्नुभयो ।
नेपाली काँग्रेसले अबहुने प्रदेश र केन्द्रको चुनाव एकैपटक गर्न सकिने बारेमा पनि सोचिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– हामीले प्रदेशको निर्वाचन कसरी गर्ने भन्ने गृहकार्य थालिसकेका छौँ तर यहाँ कतिपय व्यक्तिहरु भने असोज २ को तेस्रो चरणको निर्वाचन हुन्छ कि हुदैन भनेर तर्क गरिरहेका छन् ।
निर्वाचन अनुगमन समितिका संयोजक रहनुभएका नेता डा.महलते अबका निर्वाचनमात्र होइन नेपालमा लोकतन्त्रको संरक्षण पनि नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव हुने धारणा राख्नुभयो । नेपाली काँग्रेसले जित्दामात्र नेपालमा लोकतन्त्रको संरक्षण र सम्बर्धन हुन्छ भन्ने कुरा इतिहासबाट पनि सबैले देखिसकेका छन् ।Prakash Sharan Mahat
उहाँले केन्द्र र प्रदेशका अबहुने निर्वाचनहरुलाई पनि समयमै सम्पन्न गराई देशलाई संघीयतामा प्रवेश गराउनेजस्तो ऐतिहासिक कार्यभार सम्पन्न गर्न पनि काँग्रेसकै नेतृत्व अपरीहार्य भएकोले यो निर्वाचनमा नेपाली काँग्रेस नै पहिलो हुने दाबी पनि गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी गराउन सबै अछामबासीलाई आग्रह गर्नुभयो । काँग्रेस सधैँ जनताको पक्षमा रहेको र जनमतको सम्मान र प्रवर्धनबाट मात्र अघि बढ्ने गरेको देशको एक पुरानो र परिपक्व पार्टी भएकोले अबको निर्वाचनमा काँग्रेसलाई बिजयी गराउन सबैलाई आग्रह गर्नुभयो ।
देशको सुदुरपश्चिम क्षेत्रको विकासमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र समग्र काँग्रेस पार्टीकै अहम भूमिका रहेकोले यसतर्फ न्यायपूर्ण रुपले सोच्न सबै सुदुरपश्चिमबासीलाई आग्रह पनि गर्नुभयो ।
नेता डा.महतले अछामसहित सुदुरपश्चिमका सबै नागरिकले नेपाली काँग्रेसलाई न्यानो आतिथ्यता र माया दिँदै आएकाले यस पटक पनि उनीहरुले काँग्रेसकै नेतृत्व रोज्ने प्रतिबद्धता व्यक्त गरेका पनि उहाँले बताउनुभयो । नेता डा.महत केही दिनयतादेखि सुदुरपश्चिका विभिन्न जिल्लामा चुनावी प्रचार प्रसारका क्रममा हुनुहुन्छ । उहाँले हिजोमात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित कन्चनपुर, कैलाली र महेन्द्रनगरका सभालाई सम्बोधन गर्नुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्