२१ जेठ २०८३, बिहीबार

ग्वाटेमालाबाट विमानको पांग्रामा बसेर अमेरिका आइपुगे यी व्यक्ति (भिडियो)

मंसिर १२, २०७८
ग्वाटेमालाबाट विमानको पांग्रामा बसेर अमेरिका आइपुगे यी व्यक्ति (भिडियो)

ग्वाटेमालाबाट अमेरिकाको मायामी आइपुगेको अमेरिकी एयरलाइन्सको एक विमानको चक्कामा एकजना मानिस फेला परेका छन् । 

शनिवार ती व्यक्तिलाई विमानको ल्यान्डिङ गीयरमा फेला पारिएको हो । 

विमान अवतरण गरेपछि कर्मचारीहरूले ती व्यक्तिलाई चक्काबाट निकालेका थिए । कुल साढे दुई घन्टाको उडानमा ती व्यक्ति जीवितै रही अमेरिका आइपुगेका हुन् । 

अमेरिकन एयरलाइन्सको उडान ११८२ मा लुकीछिपी ती व्यक्ति आइपुगेका थिए । उनलाई चक्काबाट निकालेर नजिकैको अस्पताल लगिएको थियो । ती व्यक्ति अत्यन्तै तर्सिएका थिए । बाँचेर त्यहाँसम्म पुग्नु नै आश्चर्यको कुरा हो । 

यस किसिमको जोखिम मोलेर अन्य देश जाने क्रममा मृत्यु भएका मानिसको संख्या ८० भन्दा बढी पुगिसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्