२९ जेठ २०८३, शुक्रबार

मोदीविरुद्ध विपक्षले एकीकृत मोर्चा बनाउन धौधौ, ममता बनर्जीले दुत्कारिन् कांग्रेसलाई

मंसिर १२, २०७८
मोदीविरुद्ध विपक्षले एकीकृत मोर्चा बनाउन धौधौ, ममता बनर्जीले दुत्कारिन् कांग्रेसलाई

ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसले सोमवार विपक्षी दलहरूको संयुक्त बैठकमा भाग नलिने भएको छ । 

संसद्को सत्रका दौरान संयुक्त रणनीति बनाउनका लागि कांग्रेसले बोलाएको बैठकमा तृणमूल नआउने भएको हो । 

त्रिपुरा, मेघालय र गोवा राज्यमा तृणमूलले कांग्रेसका विधायकहरूलाई आफ्नो पक्षमा पारिरहेको बेलामा बैठक बहिष्कारको घोषणा भएको हो । तृणमूलले आफूलाई भारतीय जनता पार्टीको प्रमुख विपक्षका रूपमा उभ्याउन खोजिरहेको छ । 

‘हालैका विधानसभा निर्वाचनहरूमा पाएको प्रचण्ड विजयपछि तृणमूल नै भाजपाको प्रमुख विपक्षी भएको स्पष्ट भएको छ । भाजपाले बंगालमा आक्रामक चुनाव प्रचार गरेको भए पनि हामीले उसलाई धूलो चटायौं,’ एक वरिष्ठ नेताले बताए । 

‘हामी राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्न व्यस्त छौं । हामी भाजपाविरोधी राजनीतिक दलका रूपमा छवि बनाउन बनाउन चाहन्छौं । तर कांग्रेसले आफूलाई भाजपाविरोधी बलहरूको प्रमुख अनुहारका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ र बैठक बोलाएको छ । हामी त्यसमा सहमत छैनौं,’ उनले थपे । 

अक्टोबर महिनामा ममता बनर्जीले भाजपाविरुद्धको लडाइँमा कांग्रेस लज्जास्पद रूपमा पराजित भएको बताएकी थिइन् । त्यसैले मानिसहरूले फासीवादी भाजपालाई हटाएर नयाँ भारत निर्माण गर्ने जिम्मेवारी तृणमूल कांग्रेसलाई दिएको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्