०८ असार २०८३, सोमबार

सलमान खानको परिवारको सदस्य बन्दैछिन् सोनाक्षी सिन्हा ?

मंसिर १२, २०७८
सलमान खानको परिवारको सदस्य बन्दैछिन् सोनाक्षी सिन्हा ?

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा बिहे गर्ने तयारीमा छिन् । 

पछिल्लो खबर अनुसार, उनी सलमान खानको परिवारको एक सदस्य बन्न गइरहेको बताइएको छ । 

बलिउडमा उनको विवाह सलमान खानको परिवारका कुनै एक सदस्यसँग हुने हल्ला चलिरहेपनि उनको तर्फबाट आधिकारिक खबर आइनसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । 

केही मिडियाहरूले भने सोनाक्षी र सेलिब्रेटी म्यानेजर बन्टी सचदेवाको नाम जोडेर चर्चा गरिरहेका छन् । उनीहरू  केही समयअघिदेखि सम्बन्धमा रहेको र अहिले उनीहरूले विवाहको तयारी गरिरहेको बताइएको छ ।

बन्टी सलमान खानको भाइ सोहेल खानको सालो नाता पर्ने बताइएको छ । सोहेलकी पत्नी सीमाको सहोदर भाइ बन्टी भएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्